कोरोनाका कारण अवस्था निकै नाजुक बनेपछि त्यहाँका राज्य सरकारले केन्द्र सरकारसँग सहयोगको लागि अपिल गरेको छ।
अक्सिजन आपूर्तिको लागि ओडिशा र छत्तिसगढजस्ता कयौं राज्यले दोस्रो राज्यको लागि विशेष रेल सेवाको व्यवस्था गरेको छ।
पछिल्ला रिपोर्टहरुमा अक्सिजनको अभावमा अस्पताल बाहिरै मानिसहरुको मृत्यु भएको विषय सार्वजनिक भएपछि विश्वका कयौं राष्ट्रले भारतलाई सहयोग गर्ने वाचा गरेका छन्।
श्रीलंकास्थित चिनियाँ दूतावासले भारतको साथमा चीन भएको बताउँदै हङकङबाट भारतमा तत्काल ८ सय अक्सिजन कन्सेन्ट्रेटर पठाउने र थप दश हजार अक्सिजन कन्सेन्ट्रेटर पठाउने जानकारी दिएको छ।
यस्तै पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पाकिस्तानले भारतलाई भेन्टिलेटर, एक्सरे मेसिन, पीपीइ र अन्य आवश्यक सामग्री प्रस्ताव गरिसकेको बताएका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले आइतबार नै भारतलाई आगामी केहीदिनमा अक्सिजन भेन्टिलेटर सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै युरोपेली आयोगले चाँडै आवश्यक औषधि, मेडिकल सामग्री भारत पठाउने तयारी गरेको बताएको छ।
800 Oxygen Concentrators have been airlifted today from #HongKong to #Delhi ; 10,000 more in a week.#China is keeping in touch with #India for urgent needs.
Stay Strong! 🇨🇳🇮🇳🇱🇰🌏🙏#Solidarity #IndiaFightsCOVID19 @China_Amb_India @IndiainSL https://t.co/9uOXAfYWKb pic.twitter.com/Ai2uOhAFGy
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि संकटको घडीमा बेलायतले भारतसँग हातेमालो गर्ने बताएका छन्। उनका अनुसार बेलायतले ३ सयभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरसहित ६ सय मेडिकल सामग्री भारत पठाउँदैछ।
सिंगापुरले पनि भारतलाई ५ सय बाईपेप, २५० अक्सिजन कन्सेन्ट्रेटर र आवश्यक मेडिकल सामग्री सहयोग गर्ने भएको छ।
त्यस्तै संयुक्त अरब इमिरेट्सले भारतलाई हाई क्यापेसिटी क्रायोजेनिक अक्सिजन ट्यांकर सहयोग गर्ने भएको छ। यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदले आइतबार आफूहरुले भारतलाई हरसम्भव सहयोग गर्ने बताएका हुन्।
साउदी अरबले पनि भारतलाई आपतकालीन अवस्थाको लागि चार क्रायोजेनिक अक्सिजन ट्यांकर र ८० मेट्रिक टन अक्सिजन पठाउने भएको छ।
साउदी ग्याजेटका अनुसार अडाणी ग्रुप र लिन्डे कम्पनीले ५ हजार अक्सिजन सिलिन्डर भारत पठाउनेछ।
यस्तै अमेरिकाले भारतलाई कोभिशिल्ड भ्याक्सिन उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थ आपूर्ति गर्नेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले भारतलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
कोरोना संक्रमितको संख्याको आधारमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ।
तर दैनिक संक्रमण दर हेर्दा भारत कोरोनाले सबैभन्दा बढी प्रभावित छ। यहाँ दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिँदा सोही अवधिमा २ हजार बढीको ज्यान गइरहेको छ। बीबीसी

प्रतिक्रिया