समाज


कोरोनाले तहसनहस भारतकै एउटा गाउँ जुन अहिलेसम्म पूरै सुरक्षित छ, यस्तो छ कारण

कोरोनाले तहसनहस भारतकै एउटा गाउँ जुन अहिलेसम्म पूरै सुरक्षित छ, यस्तो छ कारण

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १३:५७,

कोरोना महामारीको दोस्रो लहरले यतिबेला पूरै भारत आतंकित छ। तर यस्तो भयावह अवस्थामा पनि भारतमै एउटा यस्तो गाउँ छ, जुन अहिलेसम्म कोरोनाबाट पूरै सुरक्षित छ।

त्यो गाउँ हो– राजस्थान राज्यअन्तर्गत सिकर जिल्लामा पर्ने सुखपुरा। जहाँ आजका दिनसम्म एक जनालाई पनि कोरोना संक्रमण भएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो सम्भव हुनाको सबैभन्दा ठूलो कारण हो– त्यस गाउँका बासिन्दाको अनुशासन र सावधानी।

गत वर्ष जब कोरोना महामारीका कारण लकडाउन भएको थियो, तब त्यस गाउँका सबै मुख्य बाटा बन्द गरिएका थिए। साथै बाहिरबाट आउने हरेक मानिसको स्वास्थ्य जाँच गरिएको थियो।

कोरोना भाइरसले दुनियाँ तहसनहस पारिरहेका बेला पहाडको फेंदमा रहेको ३ हजार जनसंख्या भएको भारतीय गाउँ सुखपुरामा भने आजका दिनसम्म एक जना पनि संक्रमित भेटिएका छैनन्।

पहिलो कोरोना महामारीकै बेला भएको लकडाउनमा त्यस गाउँका बासिन्दाले स्थानीय प्रशासनसँग मिलेर सबै सडक बन्द गराएका थिए भने गाउँबाहिर आइसोलेसन र क्वारेन्टिन स्थापना गरेका थिए।

आइसोलेसन र क्वारेन्टिनमा बस्ने मानिसलाई स्थानीयले ग्रामीण खानपिनको व्यवस्था गरिदिएका थिए। साथै गाउँमा सरसफाइमा विशेष ध्यान दिएका थिए। यी सबैका कारण गाउँका सबै बासिन्दा अहिलेसम्म कोरोनाबाट सुरक्षित रहेको भारतीय पत्रिका अमर उजालाले दाबी गरेको छ।

यो पनि : भारतमा डरलाग्दो बन्दै कोरोना, लगातार दोस्रो दिन थपिए ३ लाखभन्दा बढी संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad