समाज


क्रूर घटनाः स्पेनका यी युवा जसले आमालाई नै मारेर खाए!

क्रूर घटनाः स्पेनका यी युवा जसले आमालाई नै मारेर खाए!

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ६:२३,

हाल २८ वर्षका अल्बेर्तो सान्सेज गोमेजले सन् २०१९ मा ६६ वर्षकी आमा मारिया सोलेड्याड गोमेजलाई मारेर खाएको पुष्टि भएको हो।

अहिले पनि यो क्रूर घटनाको अनुसन्धान भइरहेको छ। अदालतका अनुसार अल्बेर्तो लागुपदार्थ दुर्व्यसनीमा फसेका व्यक्ति हुन् भने उनमा मानसिक समस्या छ।

सन् २०१९ फेब्रुअरी महिनामा मड्रिडमा अल्बेर्तोले आमाको हत्या गरेका थिए। त्यहाँको स्थानीय राष्ट्रिय दैनिक एल मुन्डोका अनुसार आमा मारेर उनले आमाको शरीर पकाएर खाएका थिए।

प्रहरी घटनास्थलमा पुग्दा मारियाको शरीरका केही भाग फ्रिजमा राखिएका थिए। सोही बेला उनले आफूले आमालाई खाएको बताएका थिए।

मानसिक सन्तुलन गुमाएका उनले अहिले आफूलाई आमा खाएको विषयमा केही थाहा नभएको बताएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad