राजनीति


मुख्यमन्त्री शेरधन राई भेट्न बालिका खड्का पुगिन् एमालेको नयाँ मुख्यालय, रोक्यो प्रहरीले

मुख्यमन्त्री शेरधन राई भेट्न बालिका खड्का पुगिन् एमालेको नयाँ मुख्यालय, रोक्यो प्रहरीले

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ६:२,

आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै बालिका खड्काले फेरि मुख्यमन्त्री शेरधन राईलाई पार्टी कार्यालयभित्रै प्रवेश गरेर भेट्ने प्रयास गरेकी छन्।

आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको नयाँ केन्द्रीय कार्यालय (थापाथली) पुगेका मुख्यमन्त्री राईलाई खड्काले भेट्ने प्रयास गरेकी हुन्।

एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली सारिँदै छ।

एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालको कक्षमा बसिरहेका मुख्यमन्त्री राईलाई भेट्न भन्दै बालिका भित्र पस्ने प्रयास गरेकी थिइन्। तर उनलाई प्रहरीले बाहिर निकालेको छ।

यसअघि पनि बालिका मुख्यमन्त्री राई भेट्न पार्टी कार्यालय पुगेकी थिइन् भने प्रहरीले त्यसैगरी रोकेको थियो।

मुख्यमन्त्री राईले आफ्नो अस्तित्व समाप्त पारेको बालिका खड्काको आरोप छ।

मुख्यमन्त्री राईले हालै मात्र विवाह गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad