काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृत्तबाट हत्कडीसहित भागेका एक भारतीय अभियुक्तलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ।
भारतको बिहार घर भएका १७ वर्षीय अन्निकुमार शाह उर्फ सुजितलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार कालिमाटीकै परोपकार नजिकबाट पक्राउ गरेको हो।
महाशाखाका अनुसार शाह कालिमाटीस्थित सुकुम्बासी टोलमा बस्थे। पक्राउ गरेर उनलाई कालिमाटी वृत्तकै जिम्मा लगाइएको महाशाखाले जनाएको छ।
२०७७ असोजमा २ गते चोरी आरोपमा गिरफ्तार गरिएका ४ अभियुक्त कालिमाटी वृत्तबाट प्रहरीको घेरा तोडेर हत्कडीसहित भागेका थिए।
अन्य ३ जना अझै फरार छन्।

प्रतिक्रिया