कोरोना महामारी नियन्त्रणको अन्तिम बिकल्प लकडाउन नै भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोड दिएका छन्।
कोभिड सङ्क्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको बताए।
बुधबार देशबासीको नाममा गरिएको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे।
भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेको भन्दै उनले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने विश्वास व्यक्त गरे। सरकारले महामारी नियन्त्रणका लागि यथासम्भब काम गरिरहेको उनको भनाई थियो। मोदीले देशका युवाहरूलाई कोभिड सचेतना अभियान चलाउनसमेत आग्रह गरे।
भारतमा कोरानाका कारण हालसम्म एक लाख ८२ हजार ५०० बढीको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख नौ हजार बढी पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या करिब ३ लाख पुगेको छ भने करिब दुई हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया