समाज


छोरीको उत्तरपुस्तिकामा नम्बर सच्याउने लोक सेवाका अधिकृतविरुद्ध मुद्दा

छोरीको उत्तरपुस्तिकामा नम्बर सच्याउने लोक सेवाका अधिकृतविरुद्ध मुद्दा

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १०:३१,

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीउपर सरकारी कागजात सच्याई अनियमितता गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको छ।

शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

सो सम्बन्धी उजुरी निवेदनमा अनुसन्धान हुँदा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएको अख्तियारको ठहर छ।

शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५९१० बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad