स्पेनका नागरिक ८२ वर्षिय कार्लोस सोरिया धौलागिरि हिमाल आरोहणका लागि आधार शिविर (बेस क्याम्प) पुगेका छन्।
पाका पर्वतारोही कार्लोसले आफू धौलागिरिको आधार शिविर पुगेको भिडिओसमेत बनाएका छन्।
८२ वर्षको उमेरमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान बनाउने उनको सपना छ।
अहिलेसम्म उनले ८ हजार मिटरभन्दा अग्ला १२ वटा हिमाल आरोहण गरिसकेको बताइएको छ।
उनले यसयघि पनि धौलागिरिको शिखर पुग्ने प्रयास गरेका थिए। तर सफल भएन।
यसैकारण अहिले पुनः उनी धौलागिरि आरोहण गर्न आएका हुन्। कार्लेसले सगरमाथा, कन्चनजङघा आरोहण गरिसकेका छन्।
धौलागिरि हिमालको बेसक्याम्पमा ८२ वर्षीय कार्लाेस सोरियाले बनाएको भिडिओ:

प्रतिक्रिया