समाज


बन्चरोले हान्दै लुटेर भाग्ने समूह पक्राउ

बन्चरोले हान्दै लुटेर भाग्ने समूह पक्राउ

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १३:१९,

काठमाडौंमा बन्चरोले हान्दै मानिसलाई घाइते बनाएर लुटपाट गरी भाग्ने समूह पक्राउ परेको छ।

काठमाडौंको बालाजु चोक नजिक चक्रपथ सडकखण्ड छेउमा लुकेर बसेका अपरिचित व्यक्तिले रुकुमको मुसिकोट २ का १९ वर्षीय रमेश चनारालाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए।

सुरुमा बन्चरो देखाएर लुटपाट गर्ने प्रयास गरेको अपरिचित समूहले उनलाई प्रहार गरी घाइते बनाएर लुटपाट गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

घटना लगतै सूचना पाएको प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नाम्जुङ्ग ३ का १८ वर्षीय सुमन परियार, ओखलढुंगाका १८ वर्षीय छिरिङ मोक्तान र मकवानपुरका २१ वर्षीय सुरज तामाङ रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले कालो बिँड भएको फलामको बन्चरो र डेढ तोलाको सुनको सिक्रीसमेत बरामद भएको जनाएको छ।

उनीहरुले यसअघि पनि अन्य व्यक्तिलाई यसरी नै लुटेको हुनसक्ने आकलनसहित थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .