ad ad

समाज


कथालय र रिडमोरको संयुक्त लगानीमा ड्रिम बुक हाउस

कथालय र रिडमोरको संयुक्त लगानीमा ड्रिम बुक हाउस

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १६:३,

पठन संस्कृति अभिवृद्धि गर्ने उद्देश्यसहित ललितपुरमा सुविधा सम्पन्न बुक हाउस खुल्ने भएको छ।

कथालय र रिडमोर प्रकाशन गृहको संयुक्त लगानीमा सुरु गर्न लागिएको बुक हाउसलाई ‘ड्रिम बुक हाउस’ नाम दिइएको छ, जहाँ पुस्तक विक्री वितरणदेखि विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिनेछ।

‘ड्रिम बुक हाउस’को औपचारिक उद्घाटन भोलि वैशाख ६ गते बिहान ११ः३० मा हुने कथालय र रिडमोरद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ। ‘ड्रिम बुक हाउस’ को औपचारिक उद्घाटन अभिनेता तथा लेखक मदनकृष्ण श्रेष्ठबाट हुनेछ।

उद्घाटनकै बेला मनदकृष्णले आफ्नो पुस्तक ‘महको म’मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत राखिएको छ। कुपन्डोल कानदेउताथानस्थित ड्रिम बुकहाउसमा कफी पिउँदै पुस्तक पढ्ने वातावरण उपलब्ध गराइने कथालयकी कार्यकारी प्रमुख सुनिती अमात्यले बताइन्।

उनले ड्रिम बुक हाउसमा आउने बालबालिकालाई अध्ययनसँगै खेलकुद र रचनात्मक क्रियाकलापमा सहभागी गराइने वातावरण रहने पनि जानकारी दिइन्।

उनले भनिन्, ‘ड्रिम बुक हाउस पुस्तक पसल मात्र नभएर शैक्षिक तथा साहित्यिक क्रियाकलाप हुनेथलो हो। यहाँ लेखक तथा पाठकलाई जोड्न र बालबालिका तथा युवापुस्तालाई अध्ययनमा आकर्षित गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ।’

कथालयले बालबालिका र युवा लक्षित पुस्तकहरु प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ। सुनितीका अनुसार ड्रिम बुक हाउसमा पनि बालबालिका तथा युवालाई अध्ययनसँगै खेलकुद र अतिरिक्त रचनात्मक क्रियाकलापमा सहभागी गराइने छ। शैक्षिक पाठ्यक्रम गर्ने प्रकाशन तथा वितरण गर्ने रिडमोर पार्टनर रहेको यो बुक हाउसमा साहित्यिक बाहेक शैक्षिक पुस्तक पनि पाइने छ।

रिडमोरका कार्यकारी प्रमुख आशिष प्रधानले भने, ‘यहाँ हामीले प्रकाशन गर्नेबाहेक अन्य प्रकाशनबाट प्रकाशित स्तरीय पुस्तकहरु संकलन गर्नेछौं।’

उमेरगत तथा विधागत पुस्तकहरु संकलन गरिने बुक हाउसमा पठन संस्कृति बढाउन नियमित रुपमा लेखक पाठकबीच अन्तक्र्रिया हुने बताइएको छ। विज्ञप्तिमा दिइएको जानकारी अनुसार यहाँ महिनाको एक पटक लेखकसँग अन्तरक्रिया र महिनाको दुई पटक कथा वाचन कार्यक्रम सञ्चालन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .