ad ad

कारोबार


नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १५:५४,

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ।

यसअघि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ।

प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तारको तयार भएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्र पोखरा–विराटनगर उडान गर्न लागेको हो। उनका अनुसार पहिलोपटक बुद्धले अन्तर प्रदेशीय उडान शुरु गर्न लागेको हो। बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ।

नयाँ गन्तव्यमा सातामा तीन उडान
बुद्धले अन्तर प्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ छ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ। शुरुआती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।

उनका अनुसार यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गरिनेछ। बुद्धले हाल नौ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ।

यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ।

बुद्धले यही वैशाख १८ गतेदेखि शुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगञ्ज रुटमा रु चार हजार ५००, पोखरा–विराटनगरमा रु छ हजार, पोखरा–सिमरामा रु चार हजार ३००, पोखरा–भैरहवामा रु तीन हजार १००, भैरहवा–भरतपुरमा रु दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा रु तीन हजार १०० भाडादर तोकिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .