समाज


केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

नेपालखबर
साउन ३०, २०७६ बिहिबार २:१२,

आज (बिहीबार) देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली छ। महाशाखाका अनुसार पश्चिमी र पूर्वका पहाडी भू -भागमा यतिबेला समान्य वषासमेत भइरहेको छ।

आज दिनभरी पश्चिमी र पूर्वका पहाडी भू- भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

‘पश्चिमी भू- भागका एक- दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ,’ उनले भने, ‘तर, काठमाडौँ उपत्यकासहित पूर्वतिर भने अविरल र भारी वर्षाको सम्भावना छैन। हल्कादेखि मध्यमस्तरको वर्षा भने हुनसक्छ।’

नेपालमा वर्षा गराउने मनसुनको न्युनचापिए रेखा अहिले पनि भारततिरै छ। त्यसैले नेपालमा तत्काल भारी वर्षाको सम्भावना नरहेको प्रधानांगले बताए।

‘मनसुनको न्यून चापिय रेखा औसत स्थानमै छ’, उनले भने, ‘औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड, पश्चिम बंगाल र बंगालको खाडीको शिरसम्मलाई हामी औसत स्थानको रुपमा बुझ्छौँ।’

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छः
साउन ३० गते (विहिबार)
दिउँसोः देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानका साथै मध्य तथा पूर्वका पहाडी भू -भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी भू -भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली हुनेछ। देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भू -भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन ३१ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो स्थानमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी सामान्यतया बदली रही पश्चिमका केही स्थानका साथै पूर्व तथा मध्यका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ।

साउन ३२ गते (शनिबार)
दिउँसोः देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी पहाडी भू- भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य भू भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडी भू -भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad