छापा खबर


मन्त्री नै ठेकेदार, तर अधिकांश सडक अधुरा

मन्त्री नै ठेकेदार, तर अधिकांश सडक अधुरा

नेपालखबर
साउन ३०, २०७६ बिहिबार २:२३,

सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनी एमके लोहनी जेभी काठमाडौंले लिएको थियो।

गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ।

२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो।

सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री स्वामित्वको निर्माण कम्पनीले ठेक्का लिएका सुर्खेतका चारवटा सडक आयोजना अधुरै छन्। यो खबर आजको नागरिक दैनिकमा सुर्खेतबाट नगेन्द्र उपाध्यायले लेखेका छन्।

प्रदेश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो।

उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो। निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन्।

‘उतिबेला निर्माण कम्पनीबाट एउटै पत्रको पनि जवाफ आएन्,’ डिभिजन सडक कार्यालयका एक कर्मचारीले भने, ‘अहिले प्रदेश मातहत गएपछि झन् डामाडोल भएको सुनेका छौं। ’

अहिले धेरैजसो सडक आयोजना प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत छन्।

सुवाघाट–टुँडीखेल सडकको जिम्मा पाएको लुम्बिनीरएमकेरलोहनी जेभीका सञ्चालक प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री हुन्।

सुर्खेतमा उक्त सडकसहित मन्त्री खत्री सञ्चालक रहेको निर्माण कम्पनीले चारवटा सडकको ठेक्का पाएको छ। सो कम्पनीले ठेक्का लिएका कुनै पनि सडकको काम सन्तोषजनक छैन्।

त्यस्तै बोटेचौर–धारापानी सडक निर्माण सम्झौता भएको २४ महिना भयो। ३६ महिनामा सम्पन्न हुनुपर्ने यो सडकको भौतिक प्रगति अहिलेसम्म ११ प्रतिशत मात्रै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad