छापा खबर


थानकोट-नागढुङ्गा सुरुङमार्ग ठेक्का सम्झौताको तयारीः कस्तो हुन्छ यो मार्ग?

थानकोट-नागढुङ्गा सुरुङमार्ग ठेक्का सम्झौताको तयारीः कस्तो हुन्छ यो मार्ग?

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १:३६,

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ।

सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भइसकेको जानकारी दिए।

सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताउँदै उहाँले अबको एक महिनाभित्र सम्झौता हुने जानकारी दिए। मुआब्जाको समस्या समाधानसँगै अवरोधको रूपमा अब कुनै पनि ‘इस्यु’ बाँकी नरहेको उनको भनाई छ । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम सम्पन्न हुने छ।

सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी सहयोग नियोग ९जाइका०सँग १६ अर्ब रुपियाँको ऋण सहयोग सम्झौताको समेत भइसकेको छ।

जापानसँग शून्य दशमलव ०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौता भएको हो।

प्रस्तावित सुरुङमार्गको कुल लम्बाइ साढे दुई किलोमिटर र चौडाइ करिब १२ मिटर हुने छ।

थानकोटमा रहेको अहिलेको सडकखण्डबाट सुरुङमार्गको बाटो तल झर्ने र १५ सय मिटरको ‘अप्रोच’ बाटोपछि सुरुङमार्ग सुरु हुने जानकारी उहाँले दिनुभयो । सुरुङमार्गको उचाइ आठ मिटर हुने छ।

सुरुङमार्ग तीन लेनको हुने छ । सुरुङमार्गको तीन लेनमध्ये दुई लेन राजधानी भित्रिने हुने छ भने एक लेन राजधानीबाट बाहिरिने सवारीसाधनका लागि छुट्ट्याइने छ । सुरुङमार्ग थानकोटबाट सुरु भई धादिङको सिस्नेखोलामा निस्कने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad