काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-२, बसण्डोलस्थित श्यामकृष्ण श्रेष्ठको घरको कोठा भाडामा लिई अवैध कल बाइपास गरेको भेटिएको हो।
प्रहरीले भारत पञ्जावका ३१ वर्षीय राना शाह र बंगलादेशी मूलका नेपाली नागरिकताधारी रौतहट, रमौली बेरिया गाविस–६ घर भएका ३३ वर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो।
उक्त कोठा खानतलासी गर्दा ६४ पोर्टको ‘जीओआईपी गेट वे’ उपकरण लगायतका विभिन्न विधुतीय उपकरणहरु बरामद गरिएको पनि प्रहरीले जनाएको छ।
पक्राउ परेका उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भैरहेको जनाइएको छ।
प्रतिक्रिया