ad ad

समाज


भिजिट भिसामा मलेसिया गएर उतै बसेका नेपालीले यही वैशाख ९ सम्म स्वदेश फर्कनुपर्ने

भिजिट भिसामा मलेसिया गएर उतै बसेका नेपालीले यही वैशाख ९ सम्म स्वदेश फर्कनुपर्ने

नेपालखबर
बैशाख ५, २०७८ आइतबार २:४९,

भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपालीले यही वैशाख ९ गतेसम्ममा स्वदेश फर्कनुपर्ने भएको छ।

भिजिट भिसामा मलेसिया गएर विगत एक वर्षदेखि मलेसिया नछाडेका विदेशी नागरिकलाई २१ अप्रिल अर्थात् आगामी ९ वैशाखसम्म मलेसिया छाड्न त्यहाँको सरकारले निर्देशन दिएको हो।

मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण नगरेका विदेशी नागरिकलाई २१ अप्रिलसम्ममा आफ्नो देश नछाडे कडा कारबाही गर्ने चेतावनी दिएको छ।

अब भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले पनि अप्रिल २१ भित्र आफ्नो मुलुक वा अन्य कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ। २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले त्यहाँको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएर स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले यस्तो चेतावनी दिएको हो।

मलेसियास्थित नेपाली दूतावासका अनुसार यस अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ। तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ।

राहदानी नभएका नेपालीलाई दूतावासमा सम्पर्क गरेर ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन दुतावासले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .