ad ad

राजनीति


कर्णाली प्रदेश : ‘फ्लोर–क्रस’पछि मन्त्री बनेकाको शपथ आज

कर्णाली प्रदेश : ‘फ्लोर–क्रस’पछि मन्त्री बनेकाको शपथ आज

नेपालखबर
बैशाख ५, २०७८ आइतबार २:४२,

कर्णाली प्रदेशमा तत्कालीन आफ्नो पार्टी नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ जनाले आज शपथ ग्रहण गर्ने भएका छन्।

आफ्ना पक्षमा मतदान गरेर पद र सरकार जोगाइदिएको भोलिपल्टै शनिबार माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री बनाएका हुन्।

उनीहरूलाई आज (आइतबार) साँझसम्म शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत मागेका थिए। जसका पक्षमा मत नदिन भन्दै एमालेले ह्विप जारी गरेको थियो।

तर त्यसविपरीत एमालेका नन्दसिंह बुढा, अमरबहादुर थापा, कुर्मराज शाही र प्रकाश ज्वालाले फ्लोर–क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए। जसका कारण उनको पद र सरकार जोगिएको हो।

त्यसपछि शनिबारै एमालेको प्रदेश कमिटीले मन्त्री बनेका ३ जनालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरिसकेको छ।

प्रकाश ज्वाला भने एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यसमेत भएकाले कारबाहीका लागि प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। उनी मन्त्री पनि भएका छैनन्।

यो पनि : प्रचण्डले कर्णालीपछि लुम्बिनीको सरकार पनि फेर्ने भनेपछि मुख्यमन्त्री शंकर पोखरेल त्रसित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .