ad ad

समाज


जनकपुरकी सरिताले एकै पटकमा जन्माइन् तीन छोरा

जनकपुरकी सरिताले एकै पटकमा जन्माइन् तीन छोरा

शैलेन्द्र महतो
चैत ३०, २०७७ सोमबार १३:४०,

जनकपुरकी एक महिलाले एकैपटक तीन शिशुलाई जन्म दिएकी छन्।

जनकपुरधाम उपमहानगरपालिका–२५ वभनगामाकीका लक्ष्मण मुखियाकी श्रीमती २५ वर्षीया सरितादेवी मुखियाले आइतबार शल्यक्रिया मार्फत तीन शिशुलाई जन्म दिएकी हुन्।

शुक्रबार बिहान व्यथा लागेपछि सरिता जनकपुरस्थित धनुषा अस्पतालमा भर्ना भएकी थिइन्। आइतबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सजन शर्मा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरि तीन शिशुलाई निकालेका थिए।

तीनैजना शिशु छोरा हुन्। दुई शिशुको तौल २-२ किलोग्राम र एक शिशुको तौल २ किलो २ सयग्राम रहेको अस्पतालका इन्चार्ज प्रमोद पण्डितले जानकारी दिए। उनका अनुसार आमा लगायत शिशुहरुको स्वास्थ्य अवस्था समान्य ।

सरिताको दुई छोरा छोरी छँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .