कला


बबी देओल जब विमानस्थलमा यसरी देखापरे, बने भाइरल (भिडिओ)

बबी देओल जब विमानस्थलमा यसरी देखापरे, बने भाइरल (भिडिओ)

नेपालखबर
चैत ३०, २०७७ सोमबार १३:२७,

बलिउड अभिनेता बबी देओल सोमबार विमानस्थलमा जुन लुक्समा देखिए, त्यसको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अभिनेता बबीले कालो स्यान्डो लगाएका थिए भने मास्क हातमा लिएका थिए। मास्क नलगाएका कारण उनलाई धेरैले ट्रोल गरेका छन्।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘भगवान् बबीलाई पहिले कागती पानी पिलाउनुस् !’

फ्यानलाई टाढैबाट सेल्फी
बबी देओसले विमानस्थलमा फोटोग्राफरलाई पोज दिए। केही फ्यानले उनीसँग सेल्फी खिचे। यस क्रममा भौतिक दूरी राखे उनले। पछि उनले मास्क पनि लगाए।

पूरै भारत कोरोना संक्रमणले ग्रस्त बनेका बेला बबी देओलले विमानस्थलमा निकै बेर मास्क नलगाएका कारण उनलाई ट्रोल गरिएको हो।

हेर्नुहोस्, भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .