समाज


बेलायती राजकुमार फिलिपको अन्त्येष्टिमा प्राधनमन्त्री जोन्सन उपस्थित नहुने, यस्तो छ कारण

बेलायती राजकुमार फिलिपको अन्त्येष्टिमा प्राधनमन्त्री जोन्सन उपस्थित नहुने, यस्तो छ कारण

नेपालखबर
चैत २९, २०७७ आइतबार ७:२८,

प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जोन्सन राजकुमार फिलिपको अन्त्येष्टिमा उपस्थित नहुने जानकारी दिएको हो।

गत शुक्रवार ९९ वर्षको उमेरमा महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको निधन भएको थियो।

अन्तिम संस्कारको औपचारिक शाही समारोह शनिवार एप्रिल १७ का दिन विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्ज च्यापलमा हुनेछ।

त्यसको लागि अहिलेदेखि पूरा तयारी भइरहेको छ। यसबीचमा देशका प्रधानमन्त्री नै उक्त समारोहमा उपस्थित नहुने भएका हुन्।

बेलायतमा कोरोना भाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको सङ्ख्या यसअघिको भन्दा निकै कम गरिएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार राजकुमारको परिवार र नजिकका मानिसलाई स्थान दिनका लागि जोन्सन अन्तिम संस्कारमा जाने छैनन्।

बीबीसीका अनुसार कोरोना प्रकोप यथावत् रहेकाले यस अन्त्येष्टीमा ३० जना मात्र सहभागी हुनेछन्।

मृत्यु अगाडि राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न अनुरोध गरेको बताइएको छ।

उनको शवपेटिकालाई सर्वसाधारणहरूले हेर्न पाउनेगरी राखिनेछैन।

ड्यूकको शवपेटिकामा उनको निजी झण्डा ओढाइनेछ। उक्त झण्डाले उनको ग्रीक धरोहरदेखि ब्रिटिश राजपरिवारसम्मको उनको नाता प्रतिविम्बित गर्नेछ।

तात्कालिक राजकुमारी एलिजाबेथसँग विवाह गर्ने क्रममा सन् १९४६ मा फिलिपले आफ्नो ग्रीक पदवी त्यागेर ब्रिटिश नागरिक बनेका थिए।

अमेरिकामा बस्दै आएका फिलिपका नाति राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनेछन् तर गर्भवती रहेकी उनकी श्रीमती मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट नआउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .