समाज


गोंगबु घटनाः मृतकसँगै होटल बसेका दुई जना पक्राउ

गोंगबु घटनाः मृतकसँगै होटल बसेका दुई जना पक्राउ

नेपालखबर
चैत २९, २०७७ आइतबार ७:१७,

आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा मृत अवस्थामा फेला परेका स्याङ्जाका ३० वर्षीय नारायणबहादुर क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो।

धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘केही शंका यी दुईमाथि भएकोले पोष्टमार्टम रिपोर्ट नआउञ्जेल अनुसन्धान गर्नुपर्ने देखिन्छ।’

गोदावरी सन्तोषी गेस्टहाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका थिए।

शनिबार राति सुतेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको थियो। गेस्ट हाउसले राखेको रेकर्डअनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको थियो।

क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

यो पनि – 
गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा एक पुरुष मृत भेटिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad