भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छिन्। षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ। घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले दुई केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २३ वर्षीय मनिश तामाङलाई पक्राउ गरेको हो। रासस
प्रतिक्रिया