उनीहरुसँगै एक रुसका पुरुष पनि गिरफ्तार भएका थिए। बीबीसीका अनुसार ठूलो भवनको बाल्कोनीमा उनीहरुले नग्न फोटोसुट गरेका थिए।
यतिबेला गिरफ्तार भएका उनीहरु सबैलाई सुपुर्दगी गरिने फैसला भएको छ। दुबई प्रहरीले आफ्नो समाजलाई उक्त फोटोसुट पाच्य नभएको बताएका छन्।
युक्रेनका मोडलहरु गिरफ्तारमा परेको खबरसँगै युक्रेनका महावाणिज्य दूतावासका अधिकारीले उनीहरुलाई भेट्न पुगेका थिए।
यतिबेला उनीहरु सबैलाई सुपुर्दगी गरिने भएको हो। दुबई विदेशीका लागि खुला शहर भएता पनि त्यहाँको नियमहरु भने कडा रुपमा पालना गरिनुपर्दछ।
मुस्लिमहरुको एक महिने लामो रमादन ब्रत सुरुवात हुनुपूर्व युक्रेनका मोडलहरु गिरफ्तार भएका हुन्।
दुबईमा सार्वजनिक नग्नता मामिलामा ६ महिनासम्म जेल तथा ५ हजार दिरम्स जरिवाना गर्ने प्रावधान छ।
यूएईका धेरैजसो कानुन शरीरसँग सम्बन्धित छन्। त्यहाँ सार्वजनिक स्थानमा प्रेम प्रदर्शन गरेको अभियोगमा जेलसमेत हालिसकिएको छ।
दुबईमा प्रहरीले पहिले नै चेतावनी दिइसकेको छ कि कसैले पनि अश्लील सामग्री प्रकाशन गरेमा त्यसले ‘सार्वजनिक नैतिकतामा क्षति पुर्याउँछ’ र त्यसो गर्नेलाई जेल सजाय र जरिवाना गरिनेछ।

प्रतिक्रिया