खेल


प्रदेशस्तरीय यू-१६ क्रिकेट : रुपन्देही र कपिलवस्तु विजयी

प्रदेशस्तरीय यू-१६ क्रिकेट : रुपन्देही र कपिलवस्तु विजयी

प्रकाश न्यौपाने
चैत २५, २०७७ बुधबार ११:५९,

रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल प्रदेशस्तरीय यू–१६ टी–२० क्रिकेट प्रतियोगितामा बुधबारको दुई खेलमा रुपन्देही र कपिलवस्तु विजयी भएका छन्।

रुपन्देहीले गुल्मीलाई ३२ रन र कपिलवस्तुले अर्घाखाँचीलाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन्।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १२१ रनको योगफल बनायो। उसका लागि प्रकाश गिरीले ३९ र विशाल भुसालले ३८ रन जोडे। बलिङमा गुल्मीका प्रशान्त श्रेष्ठ र विष्णु आलेले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको गुल्मीले ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनायो। उसका लागि विष्णु आलेले २६ र नवीन हिताङले २४ रन बनाए। बलिङमा रुपन्देहीका सुमित पराजुली, साजद आलम र सन्तोष यादवले समान २र२ विकेट लिए। प्रकाश गिरी म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको अर्घाखाँचीले ८ विकेटको क्षतिमा १३२ रन बनायो। उसका लागि सागर खत्रीले ३१ र विजय पोख्रेलले २३ रन बनाए। बलिङमा कपिलवस्तुका विपीन खनालले २ तथा कम्रान खाँन र रोशन खाँनले समान १र१ विकेट लिए।

प्रतिउत्तरमा कपिलवस्तुले १७ ओभर २ बलमा २ विकेट गुमाउँदै १३३ रन बनाई लक्ष्य पूरा गर्यो। उसका लागि रिषभ बेल्बासेले ५६ र रोशन खाँनले ४९ रनको योगदान गरे। बलिङमा अर्घाखाँचीका रोशन बन्जाडेले १ विकेट लिए।

रिषभ बेल्बासे म्यान अफ द म्याच भए। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad