समाज


बिहानैदेखि देशै ढाक्यो तुवाँलोले, बढ्यो वायु प्रदूषण

बिहानैदेखि देशै ढाक्यो तुवाँलोले, बढ्यो वायु प्रदूषण

नेपालखबर
चैत २५, २०७७ बुधबार १:३३,

आज (बुधबार) बिहानैदेखि लगभग देशैभर तुवाँलो लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले दिएको जानकारीअनुसार देशका पहाडी र तराई भेग तुवाँलोले ढाकेको हो। ‘हिमाली भेगमा मात्र यसको प्रभाव कम होला,’ बुधबार बिहान नेपालखबरसँग भनिन्।

वायु प्रदूषण कति बढ्यो भन्ने तथ्यांक वातावरण विभागले दिने भए पनि तुवाँलो लागेपछि स्वाभाविक रूपमा वायु प्रदूषण बढेको अनुमान गर्न सकिने उनले बताइन्।

आज पश्चिमी क्षेत्रलगायत देशका केही स्थानमा हल्का वर्षाको सम्भावना त छ तर त्यो तुवाँलो हटाउन तथा मौसम सफा गराउन पर्याप्त नहुने मौसमविद् कँडेललले बताइन्।

‘काठमाडौं उपत्यकाकै केही स्थानमा आज फाटफुट वर्षाको सम्भावना देखिएको छ,’ उनले भनिन्, ‘तर यसले तुवाँलो हटाउने वा वायु प्रदूषण घटाउने सम्भावना छैन।’

उनका अनुसार खासगरी पश्चिमी क्षेत्र तथा देशका अन्य पहाडी र तराई क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले ती स्थानमा तुवाँलो केही कम हुने सम्भावना देखिए पनि आज दिनभर नै लगभग देशभरै तुवाँलो रहने सम्भावना छ।

मौसमविद्का अनुसार चैतका बेला हावाहुरी चल्ने तथा मेघगर्जनसहित वर्षा हुनुपर्ने हो। तर निकै दिनदेखि त्यसो हुन नसक्दा मौसम सुक्खा भई देशभर डढेलो बढेको छ। जसको धुवाँले वायु प्रदूषण पनि बढेको हो। यसैगरी वायु मण्डल स्थिर हुँदा अर्थात् चलायमान नहुँदा तल्लो वायु मण्डलमा रहेका धुलकण/फोहोर हट्न नपाएको मौसमविद् बताउँछन्।

मौसमविद् कँडेलका अनुसार फाटफुट हल्का वर्षा हुने सम्भावना रहे पनि कम्तीमा आगामी तीन दिनसम्म डढेलो निभाउने, मौसमै सफा गराउने तथा वायु प्रदूषणै हटाउने गरी पर्याप्त वर्षा हुने सम्भावना छैन।

यी पनि :

विश्वमै सबैभन्दा बढी वायु-प्रदूषित सहर काठमाडौं, ‘अझै केही दिन मौसम सुध्रिने संकेत छैन’

प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ, तत्काल यी ११ काम गरौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad