बीबीसीका अनुसार आफ्ना खेलाडीलाई कोरोना भाइरसको खतराबाट जोगाउन उक्त प्रतियोगितामा भागन नलिने उत्तरले बताएको हो।
उत्तरले हालसम्म आफ्नो देशमा एक जनामा पनि कोरोना भाइरसका संक्रमति नभएको दाबी गर्दै आएको छ।
तर पश्चिमा राष्ट्रहरुले भने उत्तर कोरियाको कोरोना तथ्यांकमा सन्देह व्यक्त गरेका छन्। यसअघि उत्तरमा लकडाउन तथा क्वारेन्टिनका नियम तोड्नेलाई कडा सजाय दिइएको, उनीहरुलाई मृत्युदण्ड नै दिएको समाचारहरु आएका थिए।
कोरोनाबाट बच्न भन्दै गतवर्षको जनवरीदेखि नै उत्तरले आफ्नो सीमा बन्द गरिदिएको छ। अझै पनि त्यहाँ लकडाउनको अवस्था छ। त्यहाँको हवाई तथा सडक संजाल पनि बन्द छन्।
जापानले आगामी जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई उपस्थित नगराउने बताइसकेको छ। यसबीचमा उत्तरले कोरोनाको कारण देखाउँदै टोकियो ओलम्पिकमा भाग नलिने बताएको हो।

प्रतिक्रिया