काठमाडौं जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) ले उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गर्न सम्बन्धित नगरपालिकाहरुलाई निर्देशन दिएको छ।
डीसीएमसी बैठकले नाकामा हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको हो। परीक्षण गरिएका व्यक्तिमा कोभिडको लक्षण देखिए पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न भनिएको छ।
एन्टिजेन किटको व्यवस्था मिलाउन सम्बन्धित स्वास्थ्य कार्यालयलाई डीसीएमसीले निर्देशन दिएको छ।
यस्ता छन्, डीसीएमसीका निर्णयहरु
प्रतिक्रिया