समाज


भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

नेपालखबर
साउन २८, २०७६ मंगलबार १५:३५,

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट आज भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरी टोलीलाई देख्नासाथ तत्काल नामथर वतन नखुलेका पुरुष व्यक्तिले लोड गरी बोकेको बन्दुक फ्याकेको अवस्थामा उक्त बन्दुक बरामद गरेको र ती व्यक्ति फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फरार व्यक्तिको खोजतलास भइरहेको जनाएको छ।

यस्तै प्रहरीले लागुऔषध र केही विदेशी मुद्रासहित गोलबजार–४ निवासी ४० वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ परेका साहले बोकेको झोलाबाट डाइलोक्स डिसी सात बोतल, नाइट्रोभेट १० ट्याब्लेट, नगद रु ३१ हजार ५८५, भारु चार हजार ३२० सहित अमेरिकन डलर रु एकको एक थान, पाँचका दरका दिराम दुई, मलेसियन रिंगेट एकका दुई, कतारी रियाल १० का दरको एक र चिनियाँ युआन एकाको एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad