समाज


काठमाडौंमा किन बढ्यो एक्कासि चिसो?

काठमाडौंमा किन बढ्यो एक्कासि चिसो?

नेपालखबर
चैत २३, २०७७ सोमबार १:३९,

आज (सोमबार) बिहान काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार तुवाँलो लागेका कारण चिसो बढेको हो।

‘अहिले वायु मण्डल स्थिर भएको छ,’ मौसमविद् अर्यालले सोमबार बिहान नेपालखबरसँग भने, ‘जसले गर्दा बिहानै पनि तुवाँलोजस्तो देखिएको छ, दुई तीन दिनसम्म यस्तै अवस्था रहने देखिन्छ।’

उनका अनुसार सापेक्षिक आर्द्रता एकदमै कम हुनुलाई तुवाँलो भनिने हो। अहिले बिहानै भए पनि तुवाँलोजस्तै देखिएको उनको भनाइ छ।

मौसमविद् अर्यालयका अनुसार बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो।

चैत महिनामा हुनुपर्ने गड्याङगुडुङ, हावाहारी र वर्षा नहुँदा उपत्यकाजस्ता देशका अन्य स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण बढेको उनले बताए।

‘वायु प्रदूषणबारे त वातावरण विभागलेले भन्ला, तर पनि वायु प्रदूषण बढेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने।

दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने अवस्था नदेखिएको मौसमविद् अर्यालको अनुमान छ।

‘कुनै ठूलै मौसम प्रणाली आयो र वर्षा भयो भने यसमा सुधार होला, नत्र दुई तीन दिन मौसम यस्तै रहने देखिन्छ,’ उनले भने।

केही दिनयता देशभर वायु प्रदूषण बढेकाले सजगता अपनाउन यसअघि नै स्वास्थ्य मन्त्रालय, वातावरण विभागलगायत विज्ञले सुझाव दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad