समाज


भारतमा माओवादी विद्रोहीको आक्रमणमा पर्दा २२ सुरक्षाकर्मीको मृत्यु

भारतमा माओवादी विद्रोहीको आक्रमणमा पर्दा २२ सुरक्षाकर्मीको मृत्यु

नेपालखबर
चैत २२, २०७७ आइतबार ७:४३,

शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए।

विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डीजी अशोक जुनेजाले बीबीसीसँग २२ सुरक्षाकर्मीको शव भेटिएको बताएका हुन्।

उनले भनेका छन्,‘घटनास्थलमा पुगेको प्रहरीको टोलीले आज २० सुरक्षाकर्मीको शव बरामद गरेका छन्। यस्तै मोओवादीले आफ्ना घाइते साथीहरुलाई तीन वटा ट्याक्टरमा लगेको खबर पनि प्राप्त भएको छ।’

शनिबारको आक्रमणलाई पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको छ।

यो घटनासँगै भारतका गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै आफ्ना महान शहिदहरुको बलिदानलाई देशले कहिल्यै नबिर्सिने बताएका छन्।

उनले मृत सुरक्षाकर्मीको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad