मलेसियाबाट एकै दिन १२ वटा शव नेपाल ल्याइएको छ।
आइतबार नेपाल एयरलाइन्सबाट एक साथ १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याएको विमानस्थल कार्यालयले जनाएको छ।
मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो।
भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।
रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको सो कार्यालयले जनाएको छ।

कोरोना संक्रमणका कारण उडान प्रभावित भएसँगै वैदेशिक रोजगार बोर्ड तथा सम्बन्धित देशस्थित नेपाली दूतावासले एकसाथ शव ल्याउने व्यवस्था मिलाउन थालेका हुन्।
पछिल्लो समय खाडीका देश र मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ।
आफ्नो निर्वाचन क्षेत्रका युवाको शव समेत ल्याएको थाहा पाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए।
उनले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तहरुको भावविह्वल अवस्था देख्दा आँशु नथामिएको बताएका छन्।
— Baburam Bhattarai (@brb1954) April 4, 2021कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र! pic.twitter.com/79O6XWtIIc

प्रतिक्रिया