समाज


अम्बानी प्रकरण : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध थपियो हिरासत अवधि

अम्बानी प्रकरण : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध थपियो हिरासत अवधि

नेपालखबर
चैत २१, २०७७ शनिबार १२:५९,

भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ जिलेटिन हालेर स्कार्पिया गाडी राखेको प्रकरणमा पक्राउ परेका मुम्बईका निलम्बित प्रहरी अधिकारी सचिन वझेको हिरासत अवधि थप गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अभियुक्त वझेलाई शनिबार विशेष अदालत पेस गरेको हो। त्यस क्रममा अदालतले अप्रिल ७ तारिखसम्म हिरासतमा राख्ने अनुमति दिएको हो।

यसैबीच घटना अनुसन्धान क्रममा वझेकी सहयोगी महिला मित्रसँग एनआईएले लामो बयान लिन सुरु गरेको छ।

यो पनि : अम्बानी प्रकरण अनुसन्धानमा ठूलो सफलता, सचिन वझेकी सहयोगी महिला पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad