यो दुर्घटनालाई ताइवानको इतिहासकै सबैभन्दा भयानक घटनाको रुपमा हेरिएको छ। एएफपीका अनुसार शनिबार ताइवानभर शोक मनाइएको छ।
आज मृतकहरुको सम्झनामा देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको हो।
यस्तै खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन्। एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि उक्त दुर्घटना भएको थियो।
छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए। तीव्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो।
पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ।
ताइवानको गृह मन्त्रालयले देशभर तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको छ।
उक्त दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ। मृतकहरुमा एक जना फ्रान्सेली नागरिक पनि रहेका थिए। रासस/एएफपी

प्रतिक्रिया