ती ह्याकरहरुले बेडरुम, होटल, ब्युटी सैलुन तथा विभिन्न स्थानको सीसीटीभीमा नियन्त्रण हासिल गरेको हेनान टेलिभिजनलाई उदृत गर्दै एससीएमपीले जनाएको छ।
ह्याकरले सीसीटीभीमा कैद भएका अश्लिल भिडिओलाई विक्री गर्ने गरेको पनि पाइएको छ। ३ देखि ५० अमेरिकी डलरसम्म ती भिडिओहरु बेच्ने गरेको पाइएको छ।
समाचारका अनुसार ह्याकरलाई पैसा तिरिए घर तथा होटलको सीसीटीभीको भीडिओमा ग्राहकले पहुँच पाउँछन् र त्यस्ता भिडिओ लाइभ हेर्न सकिने सुविधा पनि प्रदान गरिने पाइएको छ।
गत फेब्रुअरीमा ८ हजार त्यस्ता भिडिओ सेयर गरेको पाइएको छ।
चिनियाँ अधिकारीहरुका अनुसार एउटा भ्वाइस म्यासेजमा ह्याकरले ६ महिनासम्म पनि भिडिओ हेरिनसकिने गरी भिडिओ भण्डारन गरिएको छ।
ह्याकरले आफ्ना साथीहरुले होटलका कोठा तथा मानिसहरुको बेडरुमसम्म क्यामेर फिट गरेका छन्।
ह्याकरले ग्राहक बढाउन र मोटो रकम कमाउनको लागि अश्लिल भिडिओहरु बनाउने गरेको प्रहरीको भनाइ छ।
Shares

प्रतिक्रिया