राजनीति


विगत बिर्सौँ : डोरमणि, निषेध र गुटको राजनीति त्यागौँ : अष्टलक्ष्मी

विगत बिर्सौँ : डोरमणि, निषेध र गुटको राजनीति त्यागौँ : अष्टलक्ष्मी

नेपालखबर
चैत १८, २०७७ बुधबार ११:५८,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडि बढ्न आग्रह गनरेका छन्।

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरेका हुन्।

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने भन्दै उनले सकारात्मक भएर अगाडि बढ्न समेत सबैलाई आग्रह गरे।

‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौँ। जे जति भए ती सबै कुरालाई बिर्सौं र त्यसरी जाने हो भने हामी सहज ढंगमा हामी गन्तव्यमा पुग्न सक्छौं। फेरि तिनै विषयलाई उठाउने हो भने फेरि पनि समस्या आउन सक्छ’। उनले भने।

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। अहिलेको निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन्। उनले निषेधको राजनीतिले सही ठाउँमा नपु¥याउने बताइन्।

‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौंँ’, उनले भनिन्, ‘त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र यस्तो कुरा सच्याउने कि नसच्याउने? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउँनै पर्छ। हामी रुपान्तरित हुनै पर्छ। हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन।’

नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताए। पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad