समाज


वायु प्रदूषणबाट बच्न केही दिन यी ११ नियम पालना गरौं : डा. पाण्डे

वायु प्रदूषणबाट बच्न केही दिन यी ११ नियम पालना गरौं : डा. पाण्डे

नेपालखबर
चैत १८, २०७७ बुधबार १०:४९,

केही दिनयता राजधानी काठमाडौंसहित देशैभर वायु प्रदूषण बढेको छ। यसबाट बच्न सरकार तथा विज्ञले बारम्बार सुझाव/सल्लाह दिइरहेका छन्।

यसै क्रममा जनस्वास्थ्यविद् डा‍. रवीन्द्र पाण्डेले वायु प्रदूषणबाट बच्न केही दिन यी ११ नियम पालना गर्न सबैमा आग्रह गरेका छन्–

–बालबालिका, दीर्घबिरामी तथा ज्येष्ठ नागरिक घरबाहिर नजाने

–मर्निङ वाक र इभिनिङ वाक नगर्ने

–अत्यावश्यक कामबाहेक घरमै बस्ने

–घरबाहिर निस्किँदा चस्मा, लामो बाहुले कपडा तथा डबल मास्क लगाउने

–आँखा सुक्खा हुन नदिन पानी प्रशस्त र पटकपटक पिउने

–आँखा सुक्खा भएमा, बिझाएमा तथा चिलाएमा चिकित्सकको सल्लाहअनुसार ड्राइनेस एन्ड इरिटेसनमा उपयोगी आँखाको औषधि लगाउने

–सम्भव भएसम्म सफा पानीले पटकपटक आँखा, नाक तथा मुख सफा गर्ने

–बाहिरबाट घरमा आएपछि नुहाउने

–छालाको सुरक्षाका लागि मोइस्चराइज प्रयोग गर्ने

–चिन्ता, तनाव तथा चिडचिडाहटको व्यवस्थापन गर्ने

–भविष्यका लागि घरमा सकेसम्म बोटबिरुवा लगाउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad