यसै महिनाको सुरुवातमा मेजरले ह्वाइट हाउसका एक कर्मचारीलाई टोकेपछि त्यसलाई राष्ट्रपतिको कार्यालयबाट हटाउने भनिएको थियो।
यसबीचमा उक्त कुकुरले अर्का व्यक्तिलाई पनि टोकेको बीबीसीले जनाएको छ।
फर्स्ट लेडी जिल बाइडेनका प्रवक्ताले हाल कुकुरले आक्रमण गरेको व्यक्तिको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन्।
प्रवक्ता माइकल लारोजाका अनुसार कुकुरलाई नयाँ वातावरणमा भिज्न समय लागिरहेको छ।
बाइडेनले सन् २०१८ यता पालिरहेको कुकर मेजरलाई अर्को कुकुर च्याम्पसहित गत जनवरीमा ह्वाइट हाउस ल्याइएको थियो।
सीएनएनका अनुसार मेजरको उमेर ३ वर्ष पुगेको छ भने अर्को कुकर च्याम्प १३ वर्षको भइसकेको छ।
बाइडेन कुकुर सौखिन मानिन्छन्। यसअघि बाइडेन राष्ट्रपति बन्नेबेला उनले पाल्ने गरेको कुकुरहरुको पनि निकै चर्चा भएको थियो।
3
Shares

प्रतिक्रिया