महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराइरहेका ७ बालिका/किशोरी भेटिने सम्भावना बढेको छ।
उनीहरू करिब–करिब सम्पर्कमा आएको तर निश्चित भइसकेपछि मात्र भन्न सकिने भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले बताए।
‘उनीहरू भारत बिहारको सीतामढीमा रहेको खबर आएको छ। तर पूर्ण रूपमा सम्पर्कमा आएपछि मात्र भन्न सकिन्छ,’ उनले नेपालखबरसँग भने।
स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसोदेखि बेपत्ता छन्।
परिवारका अनुसार घाँस काट्न गएका उनीहरू एकाएक सम्पर्कविहीन भएका हुन्।
महोत्तरीमा घाँस काट्न गएका ७ बालिका र युवती सम्पर्कविहीन, प्रहरीले थाल्यो खोजी
Shares
प्रतिक्रिया