प्रदेश नं २ का प्रमुख राजेश अहिराजले जलन पीडित बालिकालाई आर्थिक सहयोग गरेका छन्।
प्रदेश प्रमुख अहिराजले मंगलबार किर्तिपुर अस्पतालमा पुगेर सिन्धुलीकी जलन पीडित बालिकालाई रु २० हजार र वीरगञ्जकी बालिकालाई रु १२ हजार हस्तान्तरण गरेका एसिड पीडितको क्षेत्रमा काम गर्दै आएका अभियन्ता उज्वलविक्रम थापाले जनाएका छन्
गत फागुन ८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकबाट जलन पीडितहरुलाई सहयोग गरेका हुन्।

प्रतिक्रिया