राजनीति


राप्रपाले थप्यो सक्रिय सदस्यता वितरणको म्याद

राप्रपाले थप्यो सक्रिय सदस्यता वितरणको म्याद

नेपालखबर
चैत १७, २०७७ मंगलबार १३:४१,

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनलाई लक्षित गरी सक्रिय सदस्यता दिने म्याद थप गरेको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले २०७८ वैशाखमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै पार्टीको सक्रिय सदस्य बनाउने म्याद २०७७ चैत्र मसान्तसम्म थप्ने निर्णय गरेको हो।

यस्तै, नेता निरञ्जन थापाको संयोजकत्वमा हरिनारायण यादव, कुन्तीकुमारी शाही, रामशरण पाठक, वरिष्ठ अधिवक्ता राजु वस्नेत, अधिवक्ता चन्द्र काफ्ले र केपी पाण्डे सदस्य रहेको विधान संशोधन सुझाव समिति गठन गरेको राप्रपाले जनाएको छ।

आगामी २०७८ वैशाख २५ देखि २८ गतेसम्म हुने पार्टीको केन्द्रीय महाधिवेशनको सन्दर्भमा स्थानीय तहको समितिहरुको गठन कार्य निर्धारित समयमा पुरा गर्न तथा सक्रिय सदस्यता वितरण कार्यलाई तिव्रता दिन प्रदेश कार्य समिति र सचिवालयलाई निर्देशन दिने निर्णय भएको सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad