समाज


घाँस काटिदिन्छु भन्दै जंगल लगेर बुहारीको हत्यापछि एक व्यक्तिले गरे आत्महत्या

घाँस काटिदिन्छु भन्दै जंगल लगेर बुहारीको हत्यापछि एक व्यक्तिले गरे आत्महत्या

नेपालखबर
चैत १६, २०७७ सोमबार १:४,

ताप्लेजुङमा एक व्यक्तिले नातामा बुहारी पर्ने महिलाको हत्यापछि आत्महत्या गरेका छन्। पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्यापछि उनका काका ससुरा नातापर्ने स्थानीय ३७ वर्षीय घनश्याम बस्नेतले हत्या गरेका प्रहरीले जनाएको छ।

बुधबार साँझ विमलाको शव घर नजिकैको जंगलमा फेला परेको थियो। उनको शव फेला परेको स्थानभन्दा करिब आठ सय मिटर टाढा आत्महत्या गरेको अवस्थामा घनश्यामको शव फेला परेको प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार घनश्यामले डालेघाँस काटिदिन्छु भन्दै बुधबार दिउँसो विमलालाई जंगल लिएर गएका थिए। ट्रक चालक विमलाका पति झापामा बस्दै आएका छन्। पत्निको हत्या घनश्यामले गरेको व्यहोरासहितको जाहेरी विमलाका श्रीमान् रामकुमार बस्नेतले प्रहरीमा दर्ता गराएका छन्।

धारिलो हतियारले काटिएको र घाँटी कसिएको अवस्थामा विमालाको शव अलैँची घारीमा फेला परेको प्रहरीले जनाएको छ। घनश्यामको शव घाँटीमा पासो लगाएर रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरेलले बताए।

बुहारीको हत्यापछि घनश्यामले किन आत्महत्या गरे खुलिनसकेको प्रहरीले जनाएको छ। विमला सासू, ससुरा र १३ वर्षीय छोरासँग बस्दै आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad