नेकपा एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र वरिष्ठ नेता माधवकुमार नेपालको समूहबीच जुहारी चलिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तीखो टिप्पणी गरेका छन्।
नेपाल पक्षका नेता एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले आफूबराबर वा वरिष्ठसँग वादविवाद गर्दा केही सिक्ने मौका पाइने तर कनिष्ठसँग बहस गर्नु समयको नास र दिमाग खराब गर्नु मात्र हो भनेर ट्विट गरेको भोलिपल्ट आइतबार राति एमालेका केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमार्फत नै जेठो उमेरका मानिसले आफूलाई जेसुकै ठाने पनि धेरैको हैसियतबारे आफू जानकार रहेको टिप्पणी गरेका हुन्।
साथै उनले मै हुँ भन्नेहरूलाई हराउन थोरै भए पनि योगदान दिन सकेकामा गौरव लागेको पनि उल्लेख गरेका छन्। यद्यपि दुवैले कसैको नाम लिएका छैनन्।
‘पहिले जन्मेका मानिसहरूले आफूलाई जेसुकै ठान्न सक्छन्। तीन दशकमा धेरैका अनेक हैसियत र भूमिका भोगिएको छ। २०५५–०५८ र २०७७ पुस ५ यता पनि हुबहु र छर्लङ्ग देखिएको छ,’ थापाले लेखेका छन्, ‘दुवैपटक स्वार्थी, खराब र मै हुँ भन्ने तत्त्वहरूलाई पराजित गर्न रौं बराबर भए पनि योगदान गर्न सकेकामा गौरवबोध छ।’

यी पनि :
एमाले विवाद : योगेश भट्टराईलाई ‘धन्यवाद’ भन्दै सूर्य थापाले गरे २ प्रश्न
योगेश भट्टराई भन्छन् : वादविवाद पनि आफूसमानसँग मात्र गर्नु ठीक

प्रतिक्रिया