ad ad

समाज


गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर युवकको मृत्यु

नेपालखबर
चैत १४, २०७७ शनिबार १३:२२,

गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज स्थानीयवासी एक युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिए।

बाह्रकिलो बजारबाट दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफैँ चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ।

ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो। ट्याक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो। घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .