ad ad

समाज


झा दम्पती अपहरण/हत्या प्रकरण : थप ३ जना पक्राउ, सबै नातेदार

झा दम्पती अपहरण/हत्या प्रकरण : थप ३ जना पक्राउ, सबै नातेदार

शैलेन्द्र महतो
चैत १४, २०७७ शनिबार ५:३५,

महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पती ओछ्यानबाटै बेपत्तापछि मारिएको प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

पिपरा गाउँपालिका–५ सहोडबाका ६६ वर्षीय मुसाफीर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न आशंकामा प्रहरीले स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई नियन्त्रणमा लिएको हो।

सोधपुछ तथा अनुसन्धनका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयका अनुसार तीनै जना झा दम्पतीका नातेदार हुन्।

उनीहरूको घरबाट झा दम्पतीका जलेका कपडा बरामद भएको तथा शव केही दिन घरमै बाकसमा लुकाएर राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

हत्यामा उनीहरूको संलग्नता छ वा छैन भन्ने सोधपुछ तथा अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

‘हत्या प्रकरण अनुसन्धनका लागि हामीले थुप्रै जनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने छाड्ने काम गरिरहेका छौं। पुष्टि भएपछि सार्वजनिक गर्छाैं। अहिले उनीहरूका विषयमा केही भन्न मिल्दैन,’ उपरीक्षक आचार्यले नेपालखबरसँग भने।

झा दम्पतीको अपहरण गरी हत्या आरोपमा एक साताअघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवसहित भारत बिहार मधुवनी घर भई महोत्तरीको बनौलीमा बस्ने गरेका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ।

गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा फेला परेका थिए। 

बेपत्ता दम्पती नभेटिँदै प्रहरीले किन गरेको थियो अभियुक्त सार्वजनिक?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .