आफैँले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा एक बृद्धको मृत्यु भएको छ।
पाँच पोखरी थाङपाल गाउँपालिका- ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्कालाई आफैँले पालेको राँगोले हान्दा मृत्यु भएको हो।
बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन्।
राँगोले हान्दा खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए। रासस
प्रतिक्रिया