समाज


शैक्षिक भ्रमणमा गएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

शैक्षिक भ्रमणमा गएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

नेपालखबर
चैत १२, २०७७ बिहिबार ३:३५,

मकवानपुरको मकवानपुरगढीस्थित एक विद्यालयका शिक्षक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

सोही विद्यालयका तीनजना छात्राले शिक्षक पाण्डेले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

शिक्षक पाण्डेले विद्यालयबाट शैक्षिक भ्रमणमा गएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुले लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad