समाज


भारतले रोक्यो कोरोना खोप निर्यात

भारतले रोक्यो कोरोना खोप निर्यात

नेपालखबर
चैत १२, २०७७ बिहिबार ३:३२,

भारतले कोरोना खोप निर्यात रोकेको छ।

आफ्नो मुलुकमा कोरोना संक्रमण बढ्दै गएपछि भारत सररकाले अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘कोभिसिल्ड’ खोप निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो।

बीबीसीका अनुसार दिनप्रतिदिन कोरोना संक्रमण तीव्र भएपछि आफैंलाई खोप अभाव हुन सक्ने आशंकाले भारतले यसको निर्यातमा रोक लगाएको हो।

समाचार संस्था रोयटर्सका अनुसार आगामी साता आफ्नै देशमा खोपको माग बढ्ने देखिएकाले तत्काललाई यसको निर्यात रोकिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

यो रोक अप्रिल अन्त्यसम्म रहन सक्ने भारतीय अधिकारीले बताएका छन्। 

यो रोकले कोभ्याक्सअन्तर्गत १९० देशलाई असर पर्नेछ। भारतले अहिलेसम्म नेपालसहित ७६ देशमा झन्डै ६ करोड डोज पठाइसकेको छ। भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी मानिन्छ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरेको खोप नेपालले पनि प्रयोेग गरिरहेको छ। पहिले अनुदान पाएको नेपालले पछि खरिद पनि गरेको छ। 

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ। बुधबार मात्र त्यहाँ ४७ हजार मानिसलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये २७५ जनाको मृत्यु भएको छ। भारतमा एक दिनमा देखिएको यो संक्रमण यो वर्षकै धेरै हो।

योसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएको विज्ञले बताएका छन्।

याे पनि : फेरि जाग्दै कोरोना : सरकारले गर्नुपर्ने ५ र नागरिकले गर्नुपर्ने एउटा काम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad