समाज


चट्याङ लागेर अछाममा चार जना घाइते

चट्याङ लागेर अछाममा चार जना घाइते

नेपालखबर
चैत ११, २०७७ बुधबार ९:१६,

अछाममा चट्याङ लागेर एक बालिकासहित चार जना घाइते भएका छन्।

मेल्लेख गाउँपालिका–७ रिठा गाउँस्थित एक घर नजिक चट्याङ पर्दा वर्ष ४० र २६ का दुई महिला, वर्ष २० का एक पुरुष र वर्ष १० की एक बालिका घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यो वर्ष मात्रै चट्याङका २४० घटना भएकोमा ६८ जनाको मृत्यु भएको छ भने २४० जना नै घाइते भएका छन्। ७१७ चौपायाको मृत्यु भएको छ भने एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

यस्तै, गएको २४ घण्टामा आगलागीका १० घटना भएका छन्।

प्राधिकरणका अनुसार बाँके, ललितपुर, पाँचथर, ताप्लेजुङ, मोरङ, कास्की, तनहुँ, काठमाडौं, सिन्धुपाल्चोक र सर्लाहीमा आगलागी भएका छन्।

यस वर्ष देशभर आगलागीका दुई हजार १२१ घटना भएको प्राधिकरणले जनाएको छ। जसमा ८२ जनाले ज्यान गुमाएका छन् भने ३४३ जना घाइते छन्। एक हजार १३६ चौपायाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad