राजनीति


बिहारको विधान सभाभित्रै घुसेर प्रहरीले सांसदलाई यसरी कुटे (भिडिओ)

बिहारको विधान सभाभित्रै घुसेर प्रहरीले सांसदलाई यसरी कुटे (भिडिओ)

नेपालखबर
चैत ११, २०७७ बुधबार ८:५३,

सरकारले ल्याएको नयाँ कानुनको विरोध गर्दा सांसदलाई कुटपिट गर्दै प्रहरीले संसद बाहिर निकालेको द हिन्दुले जनाएको छ।

जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण लफडा भएको हो।

अधिकारीहरुका अनुसार नयाँ विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिन्छ।

केही दिनयता विपक्षी दलहरूले प्रहरी विधेयकको विरोध गर्दै आएका थिए। सो क्रममा मंगलबार विरोध स्वरुप विपक्षी सांसदले संसदमा आन्दोलन गरेका थिए।

उनीहरुले सभामुखलाई चेम्बरमै घेराउ गरेर बसेका थिए। त्यसबेला प्रहरीलाई बोलाइएको थियो। सो क्रममा विपक्षी सांसदमाथि प्रहरीले कुटपिट गरेका हुन्।

(भिडिओ)

यो घटनासँगै भारतको प्रमुख विपक्षी दल काँग्रेस आइका पूर्व अध्यक्ष राहुल गान्धीले नितेश कुमारको सरकारले बिहारमा लज्जास्पद कार्य गरेको र उनी भारतीय जनता पार्टीको पन्जामा रहेको आरोप लगाए।

सांसदमाथि कुटपिट भएको घटनामा गान्धीले उक्त कार्यले लोकतन्त्रको मर्मको हत्या भएको उल्लेख गरे।

केन्द्रिय सांसदमा विपक्षीहरुले यो घटनाको बारेमा जानकारी दिने तयारी थालेका छन्। सार्वजनिक भिडिओमा काँग्रेस सांसद सन्तोष मिश्रलाई प्रहरीले कुटपिट गर्दै संसदबाट बाहिर निकालेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad