ad ad

समाज


नेपालमा फेरि बढ्दै कोरोना संक्रमितको संख्या, आज १८८ जनामा संक्रमण पुष्टि

नेपालमा फेरि बढ्दै कोरोना संक्रमितको संख्या, आज १८८ जनामा संक्रमण पुष्टि

नेपालखबर
चैत १०, २०७७ मंगलबार ११:५७,

नेपालमा पछिल्लो २४ घण्टामा १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १ हजार १२८ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७२ हजार ९६ पुगेको छ।

त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ३ हजार १९ जनाको मृत्यु भएको छ।

नेपालका सोमबार १५० जनामा कोरोना पुष्टि भएको थियो। नेपालमा पछिल्लो केही समयदेखि कोरोना संक्रमित हुनेको संख्या १०० भन्दा तल थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण बढेको र नेपालमा पनि त्यसको प्रभाव पर्ने भन्दै भेला, सभा, ¥याली नगर्न र सुरक्षाका मापदण्ड उपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .